२०८२ माघ २ शुक्रवार , ०५:४७:०९ बजे

Sajhamanch
'

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक : गृहमन्त्री अर्याल

शुक्रवार, माघ २, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताउनुभएको छ ।

काठमाडौंको नयाँ सडकमा रहेको भूगोल पार्कमा आज आयोजित २८औँ भूकम्प स्मृति सभामा उहाँले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री अर्यालले विपद् जोखिम घटाउन पालिका सरकारबाट भइरहेका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज उद्धार, पुनर्स्थापना र पुनर्लाभको औजार बनाउनुपर्ने बताउनुभयो ।

‘सबै तहका सरकार, सबै नागरिकको तयारी स् भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित यस वर्ष २८औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

१९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पको सम्झनामा दिवस मनाउने गरिन्छ । विगतका भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा जोड दिएर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

सम्बन्धित खबर