२०८२ माघ २४ शनिवार , १०:०४:२५ बजे

Sajhamanch
'

निर्वाचन आयोग परिसरमा गगन थापा नेतृत्व समूहको धर्ना

शुक्रवार, माघ २, २०८२

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोग परिसरमा धर्ना दिएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसका नेताहरूले आज आयोग अगाडि धर्ना दिएका हुन् । आयोग अगाडि नेताहरू पलेँटी कसेर धर्नामा बसेका छन् ।

आजै बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरू आधिकारिक भएको दाबीसहित आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

अहिले गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाव दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले हिजो केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

सम्बन्धित खबर