२०८२ पौष ३० बुधवार , १२:२१:५८ बजे

Sajhamanch
'

पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

बुधवार, पौष ३०, २०८२

पाल्पा । पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना.८ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रसाद चौधरीले जानकारी दिनुभयो ।

नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ आउँदै गरेको उक्त टिप्पर आज बिहान करिब साढे ४ बजेको समयमा सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिप्पर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतक चालकको नाम केशव परियार भएको खुलेको छ । अन्य विवरण नखुलेको प्रहरीको भनाइ छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ हाडथोक र अर्गली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान कार्यमा खटिएको छ ।