२०८२ पौष २९ मङ्गलवार , ०५:१७:१६ बजे

Sajhamanch
'

मुस्ताङको कोरला नाकाबाट २ करोड २४ लाख रुपैयाँ बराबरका भेप बराबद

मङ्गलवार, पौष २९, २०८२

मुस्ताङ । मुस्ताङको कोरला नाकाबाट २ करोड २४ लाख रुपैयाँ बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले हिजो बुलेकी ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का पेमा लामालाई नियन्त्रणमा लिइएको छ ।

यसअघि गएको वर्ष ६ करोड ८१ लाख रुपैयाँ बराबरका भेप बरामद भएका थिए ।

सम्बन्धित खबर