२०८२ पौष २९ मङ्गलवार , १२:०५:०४ बजे

Sajhamanch
'

कांग्रेस केन्द्रीय समिति बैठक १ बजेका लागि सर्‍यो

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ ।

मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागिता हुन आह्वान गरिएको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । जसका कारण कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ ।

विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने बताउनु भएको छ ।

विवाद समाधानका लागि अहिले बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष टोलीबीच वार्ता जारी छ ।

संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताउनु भएको छ ।