२०८२ पौष २९ मङ्गलवार , १२:०२:५५ बजे

Sajhamanch
'

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । साफ फुटसल च्याम्पियनसिप आजदेखि थाइल्यान्डमा शुरु हुँदैछ । महिलातर्फको खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे शुरु हुनेछ ।

नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप समेत हो । यस्तै पुरुषतर्फ नेपालले आउँदो शुक्रवार श्रीलङ्कसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । साफ फुटसल च्याम्पियनसिप यही जनवरी २६ तारिखसम्म थाइल्यान्डमा हुँदैछ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गरेको हो । यो च्याम्पियनसिपमा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलंका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

खेल सिङ्गल राउण्ड रोविनका आधारमा हुनेछ । लिग चरणको खेलपछि धेरै अङ्क जोडेर शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।