२०८२ पौष २८ सोमवार , ०४:२०:४८ बजे

Sajhamanch
'

विश्वप्रकाशको राजनीतिक प्रस्ताव : ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ (पूर्णपाठ)

सोमवार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्ताव गर्नु भएको छ ।

‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा महामन्त्री शर्माले प्रस्ताव अघि सार्नु भएको हो ।

प्रस्तावमा भनिएको छ, ‘बदलिनेले बदल्न सक्छ समुन्नति र खुशीको संकल्पका लागि नागरिकले रुपान्तरण सहितको कांग्रेस प्रतीक्षा गर्नु भएको छ। हामी जान्दछौं– पार्टीको ड्राइभिङ सिटको छेउमा रहेका कारण हाम्रो भागमा पनि असफलताको अंश लाग्छ । त्यसलाई स्वीकार गरेरै हामीले भनेका हौँ – अब पुरानै ढङ्‍गले जान सकिन्न, नयाँ परिस्थिति विकास गर्न, मनस्थिति नयाँ बनाएर सोचौं ।’