२०८२ पौष २८ सोमवार , ०१:५५:३३ बजे

Sajhamanch
'

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

सोमवार, पौष २८, २०८२

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै ज्यान गएको हो । मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उहाँले बताउनुभयो । जीपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन ।

अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर