२०८२ पौष २८ सोमवार , ११:५९:५७ बजे

Sajhamanch
'

मेचीनगरको कालिका सिमसारबाट ९ जना लागूऔषध प्रयोगकर्ता पक्राउ

सोमवार, पौष २८, २०८२

झापा । करिब सात महिनाअघि ४३ जना लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेको मेचीनगरको कालिका सिमसारबाट प्रहरीले फेरि ९ जनालाई नियन्त्रणमा लिएको छ ।

हिजो साँझ ७ बजेतिर मेचीनगर –११ स्थित कालिका सिमसारमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रकुमार राउतको कमान्डमा ७ जना र सशस्त्र प्रहरी बेस क्याम्प टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठको कमान्डमा ७ जनाको संयुक्त टोली खटिएको थियो ।

सो टोलीले मेचीनगर –७ बस्ने वर्ष २६का विमल मेचे र मेचीनगर ११बस्ने वर्ष २३का प्रवीण राईलाई शङ्का लागेर चेकजाँच गर्दा मेचेको साथबाट प्लास्टिकसहित ४ग्राम८१०मिलिग्राम र प्लास्टिकबाहेक४ग्राम४५०मिलिग्राम ब्राउनसुगर , ३० हजार नगद र राईको साथबाट ७ हजार ५०० रुपैयाँ फेला परेको थियो ।

उनीहरूसँगै रहेका अन्य ७ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर ८ बस्ने वर्ष२० का कविस मेचे ,वडा नं.११बस्ने वर्ष २८का बासूँ राजवंशी , वडा नं. ११बस्ने वर्ष३४का सुरेश खड्का ,बुद्धशान्ति वडा नं.४बर्ने बस्ने वर्ष ३५का कुमार गुरुङ ,बुद्धशान्ति वडा नं.३ बस्ने वर्ष २५का सन्दीप रसाइली , मेचीनगर १० टिकापुर बस्ने वर्ष ३०का घनश्याम माझी र बुद्धशान्ति वडा नं.४बस्ने वर्ष ३८ का राजेन्द्रकुमार थापा रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । यसअघि गत जेठ १३ गते कालिका सिमसारमा लागूऔषध खरिद बिक्री गर्दै गर्दा ४३ जना पक्राउ परेका थिए ।

सम्बन्धित खबर