२०८२ पौष २८ सोमवार , ०१:५५:४२ बजे

Sajhamanch
'

नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशन : ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

आइतवार, पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा ६२ प्रतिशत अर्थात् २ हजार ९०० जनाभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराइएको हो । कांग्रेसमा देशभरबाट ४ हजार ७४३ जना प्रतिनिधि रहेका छन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।

नाम दर्ताको शुल्क एक हजार तोकिएको छ र अहिले पनि कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी रहेको जनाइएको छ ।

महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए ।

सम्बन्धित खबर