२०८२ पौष २६ शनिवार , ०९:१५:२१ बजे

Sajhamanch
'

कोशी घुम्ती अस्पताल सञ्चालनमा, मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

शुक्रवार, पौष २५, २०८२
  • उमानाथ भण्डारी

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशकै पहिलो घुम्ती अस्पतालको आज कमल गाउँ पालिकामा उद्घाटन गर्नु भएको छ ।

“कोशी घुम्ती अस्पताल” नाम दिइएको सो कार्यक्रमबाट स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदायले सेवा पाउने जनाइएको छ ।

घुम्ती अस्पतालको औपचारिक उद्घाटन पछि बोल्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो “आफू प्रदेशको मुख्यमन्त्री भए लगत्तै शुरु गरेको योजना सरकार फेरवदलका कारण सन्चालन गर्न ढिला भए पनि पछिल्लो समय सबैको साथ र सहयोगमा सन्चालन गर्न सफल भएको छु ।’’

नेपालकै इतिहासमा पहिलो घुम्ती अस्पताल आफ्नै निर्वाचन क्षेत्र कमल गाउँपालिकाबाट सुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले यसको सेवालाई अझ व्यास्थित गर्दै दीर्घकालीन रुपमा सन्चालन गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन पनि दिनु भयो ।

गाउँगाउँमा सहज रपमा स्वास्थ्य सेवा पुर्याउने उद्येश्यले सन्चालनमा ल्याएको घुम्ती अस्पतालबाट नागरिकलाई सहज रुपमा सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रममलाई कुनै पनि पार्टीको चश्माले नहरी सबैले साथ र सहयोग गर्नुपर्ने स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले बताउनु भयो ।

कोशी प्रदेश सरकारद्वारा सन्चालनमा ल्याएको पहिलो घुम्ती अस्पताल आफ्नै पालिकाबाट सुरु भएकोमा कोशी प्रदेश सरकारलाई धन्यवाद दिदैं घुम्ती अस्पतालबाट आफ्ना पालिकाका नागरिकले विशेषज्ञ डाक्टरबाट सेवा पाएकोमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।

घुम्ती अस्पतालमार्फत स्वास्थ्य जाँच, पिसाब परीक्षण, मधुमेह (सुगर) जाँच, थाइराइड जाँच, मुटु सम्बन्धी परीक्षण, इसिजी (मुटुको भिडियो एक्स–रे), हड्डी तथा नसासम्बन्धी रोगको जाँच तथा विशेषज्ञ परामर्श र आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेत, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरे, विशेषज्ञ चिकित्सक, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहभागितामा घुम्ती अस्पताल सुरु गरिएको हो ।

त्यसै गरी कमल नगर अस्पतालमा कृतिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित डिजिटल एक्स–रे सेवाको समेत शिविर सन्चालन भएको थियो । शिविरमा क्षयरोग, फोक्सो तथा छाती सम्बन्धी रोगहरूको छिटो परीक्षण गरिएको थियो ।

एआई एक्स–रेतर्फ १८२ जनाको परीक्षण गरिएकोमा ३६ जनाको शंकास्पद देखिएकोले थप पररुक्षणका लागि अस्पताल जान सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख बिनु थापाले जानकारी दिनुभयो । शिविरमा ३६१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

सम्बन्धित खबर