२०८२ पौष २६ शनिवार , ०६:१६:१५ बजे

Sajhamanch
'

सन्दीप लामिछाने राजशाही वारियर्सको प्लेइङ–११ मा फर्किए

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) को खेलमा राजशाही वारियर्सको प्लेइङ–११ मा फर्किएका छन् ।

पहिलो र दोस्रो खेलमा प्लेइङ–११ परेका सन्दीप त्यसपछि लगातार तीन खेलमा बेन्चमा रहेका थिए । सन्दीपले यसअघिका दुई खेलमा ३ विकेट लिएका थिए ।

बीपीएलमा राजशाही वारियर्सले आज आफ्नो छैटौँ खेलमा चत्तोग्राम रोयल्ससँग खेलिरहेको छ । सिलहटमा टस हारेर राजशाहीले ब्याटिङ गरिरहेको छ । अङ्क तालिकामा राजशाही ५ खेलमा ८ अङ्कसहित चौथो स्थानमा छ ।

सम्बन्धित खबर