२०८२ पौष २६ शनिवार , ०२:३८:०६ बजे

Sajhamanch
'

न्यु डायमण्ड र नेपाल पुलिस केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । नवौँ केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि टिप–टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

न्यु डायमण्ड र पुलिसले एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । हिजो भएको दोस्रो खेलमा न्यु डायमण्डले एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्यो ।

न्यु डायमण्डले २५–१६ र २५–२१ ले लगातार दुई सेट जित्दै २–० को अग्रता बनायो । एपीएफले २५–२१ र २५–१९ ले तेस्रो र चौथो सेट जितेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।

त्यसपछि निर्णायक पाँचौँ सेट न्यु डायमण्डले १५–७ को सेटमा जित्दै खेल आफ्नो पक्षमा पार्यो । लगातार दुई खेल जितेका न्यु डायमण्ड र पुलिस दुवैले समान ५ अंक जोड्दै फाइनल यात्रा सुरक्षित गरेका छन् ।

यसअघि हिजै त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मी लाई ३–२ ले पराजित गर्दै १ अंक जोडेको थियो ।

पुलिसले २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ को सेटमा जीत हासिल गरेको हो । आज न्यु डायमण्ड र पुलिसबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर