२०८२ पौष २५ शुक्रवार , ०३:२४:१९ बजे

Sajhamanch
'

अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ माघ ९ गतेदेखि दूधेमा हुँदै

बिहिवार, पौष २४, २०८२

शिवसताक्षी । झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ शिवसताक्षी नगरपालिकाको आयोजनामा दूधे रंगशालामा हुने भएको छ । प्रतियोगिता आगामी माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाका अनुसार प्रतियोगितामा झापा जिल्लाका १५ वटै पालिकाका कर्मचारी टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्देश्य पालिकाका कर्मचारीहरू बीच आपसी सद्भाव, सुमधुर सम्बन्ध र भाइचारा विकास गर्नु रहेको आयोजकले जनाएको छ । वर्षेनी आयोजना हुँदै आएको यस प्रतियोगिताले कर्मचारीहरूबीचको आपसी सम्बन्ध मजबुत बनाउने विश्वास आयोजकको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीको पुरस्कार राशीका विषयमा छलफल भइरहेको योजना अधिकृत तथा खेल संयोजक प्रकाश चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै, प्रतियोगिताअन्तर्गत म्यान अफ द म्याच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक तथा सर्वोत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गत वर्ष सम्पन्न प्रतियोगितामा शिवसताक्षी नगरपालिकाले कमल गाउँपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर