
काठमाडौं । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६४० दशमलव ५४ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १२९ वटा कम्पनीको शेयर बढेकोमा ११५ वटाको घटेको छ । यस्तै १५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सान्भी इनर्जी कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव १६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ३ दशमलव ९० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३२८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।


