२०८२ पौष २५ शुक्रवार , ११:४३:३९ बजे

Sajhamanch
'

भेनेजुएला–अमेरिका तनाव चर्कने गरि कदम नचाल्न नेपालको आग्रह

बिहिवार, पौष २४, २०८२

काठमाडौं । नेपाल सरकारले अमेरिका र भेनेजुएला तनावका सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गर्दै संयमता अपनाउन भनेको हो ।

विज्ञप्तिमा तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरिएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा जोड दिएको छ ।

अमेरिकी सेनाले शनिवार भेनेजुएलामा आक्रमण गरि त्यहाँका राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई पक्राउ गरेर न्यूयोर्क पुर्‍याएको छ । मदुरोलाई न्यूयोर्कको हिरासतमा राखेपछि दुई देशबीच तनाव बढेको छ भने विभिन्न देशले चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

सम्बन्धित खबर