२०८२ पौष २५ शुक्रवार , ११:०१:१६ बजे

Sajhamanch
'

गोली चलाएर भारतीय लागुऔषध कारोबारी पक्राउ

बिहिवार, पौष २४, २०८२

बर्दिया । बर्दियामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नं ११ लालपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड गोली चलाएको छ ।

प्रहरीको गोली लागि बहराइच जिल्ला मोतिपुर ठाना लौकाही बजारका ३१ वर्षीय फिरोज खान घाइते हुनुभएको छ । लागुऔषध चेकजाँच गर्न खोज्दा प्रहरी माथि आक्रमण गर्दै भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कर्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनुभयो ।

प्रहरीले चलाएको दुई राउण्ड गोलीमध्ये फिरोजको दायाँ खुट्टामा एक राउण्ड गोली लागेको उहाँले बताउनुभयो । घाइतेको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।

फिरोजको साथबाट २८३ ग्राम लागुऔषध ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । फिरोजसँगै रहेका अर्का लागुऔषध कारोबारी भागेको प्रहरीले जनाएको छ ।

लौकाही बजार नेपालको सिमावर्ती क्षेत्र हो । बर्दियामा कारोबार हुने लागुऔषधको अधिकांश भाग भारतको लौकाही र बलैबजारबाट आउने स्थानीयहरू बताउछन् । भारतीय सिमावर्ती बजारमा खुलेआम लागुऔषध बिक्री हुँदा बर्दियाका बालबालिका तथा युवाहरू कुलतमा फस्ने गरेका छन् ।

सम्बन्धित खबर