२०८२ पौष २४ बिहिवार , ०४:४४:२३ बजे

Sajhamanch
'

वीरगञ्जको जनजीवन सामान्य बन्दै

बुधवार, पौष २३, २०८२

काठमाडौं । वीरगञ्जको जनजीवन सामान्य बन्दै गएको छ । दुई फरक समुदायबीच उत्पन्न तनावका कारण केही दिनदेखि अशान्त बनेको पर्साको वीरगञ्जमा हिन्दू–मुस्लिम समुदायका अगुवा र जिल्लामा क्रियाशील राजनीतिक दलबीच पाँच बुँदे सहमति भएपछि जनजीवन सामान्य बन्न थालेको हो ।

साम्प्रदायिक तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कर्फ्यू आदेशका कारण अस्ति र हिजो वीरगञ्जमा जनजीवन प्रभावित भएको थियो ।

कर्फ्यू हटेपछि बजार खुलेका छन् भने सडकमा आवागमन पनि सामान्य भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

तराई मधेशका कतिपय जिल्लामा सामुदायिक विवादका कारण अशान्त बनेर पटक–पटक कर्फ्यू र निषेधाज्ञा लागू गर्नपर्ने परिस्थितिबारे सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् । केही वर्षदेखि फरक समुदायमा सामान्य विवाद हुँदा पनि कर्फ्यू लगाउनुपर्ने गरि अवस्था बिग्रने गरेकोले त्यसले डर पैदा गरेको उनीहरूको भनाइ छ ।

स्थानीयवासीले धार्मिक समुदायसँगै राजनीतिक दल, स्थानीय अगुवा र सङ्घ–संस्थाहरूले पनि समुदायगत विवाद बढ्न नदिने प्रभावकारी अभियान थाल्नुपर्ने वीरगञ्जका सामाजिक अगुवा कमल चौगाईँले बताउनुभयो ।

सम्बन्धित खबर