२०८२ पौष २४ बिहिवार , १०:०५:०३ बजे

Sajhamanch
'

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल, नेकपा बाहिरियो

बुधवार, पौष २३, २०८२

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच तालमेल हुने भएको छ ।

नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल हुने प्रयास भनिए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो । यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ ।

‘नेपाली कम्युनिष्ट पार्टीसँग पनि तालमेल गर्ने प्रयास भएको थियो । उहाँहरूसँग कुरा मिल्न सकेन । अरु तीन शक्तिबीच तालमेल हुने निश्चित भएको छ,’ कांग्रेसका तर्फबाट वार्तामा सहभागी नेता लेखकले बुधबार भन्नुभयो ।

लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको लेखकले बताउनु भयो । क्लस्टर पनि टुंगिएको लेखकले जानकारी दिनुभयो ।

क्जष्खबm ऋझभलत
जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने पनि टुंगिएको नेताहरूले बताएका छन् ।

सम्बन्धित खबर