२०८२ पौष २४ बिहिवार , १०:०६:२४ बजे

Sajhamanch
'

बुद्धशान्तिमा मृत भेटिएको हात्तीको सुँडमा आलो चोट

बुधवार, पौष २३, २०८२

झापा । झापाको बुद्धशान्तिमा मृत भेटिएको हात्तीको सुँडमा आलो चोट (भर्खरै लागेको चोट) देखिएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट पशु चिकित्सक डा. प्रीति गुरुङको कमान्डमा ४ जनाको टोली आएर हेर्दा मृत हात्तीको सुँडमा आलो चोट,अगाडिको बायाँ खुट्टा र पेटमा पुरानो घाउ देखिएको थियो । सो टोलीले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी मृत हात्तीको पोस्टमार्टमपश्चात् सोही स्थानमा खाल्डो खनेर पुरेको थियो ।

पोस्टमार्टमको रिपोर्ट केही दिनपछि आउने डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोहियारी यादवले बताउनु भयो । उहाँले पोस्टमार्टमको रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने जानकारी दिनुभयो ।

हिजो बिहान बुद्धशान्ति-३ डाँडागाउँ बस्ने लालबहादुर रसाइलीको खेतमा भाले हात्ती मृत फेला परेको थियो । चन्द्रगढी क्षेत्रमा घुमिहिँड्ने दारा नभएको सो माकुने हात्ती बिरामी रहेको थियो । वन कार्यालयको टोलीले केही महिनाअघि सो हात्तीलाई उपचार गरेको थियो । यो आर्थिक वर्षमा झापामा दुई वटा हात्ती मृत फेला परेका छन् ।

सम्बन्धित खबर