२०८२ पौष २५ शुक्रवार , ११:१०:१३ बजे

Sajhamanch
'

प्याब्सन डेमा बिर्तामोडमा नृत्य र गायन प्रतिस्पर्धा गरिँदै

सोमवार, पौष २१, २०८२

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाजेसन नेपाल (प्याब्सन) झापाले यही पौष २४ गते बिर्तामोडमा सांस्कृतिक नृत्य र गायन प्रतिस्पर्धा गराएर ३५औं स्थापना दिवस (प्याब्सन डे) मनाउने भएको छ।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा सोमबार जिल्ला कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “यस वर्षको विशेष आकर्षण भनेको सांस्कृतिक प्रतियोगिता र गायन प्रतियोगिता हुनेछ । जसमा झापा जिल्लाका १४ पालिकाबाट चयनित विद्यार्थीहरू सहभागी हुनेछन्।”

प्रतियोगितामा सामुहिक नृत्य र गायन कार्यक्रममा सामुहिक सांस्कृतिक नृत्य, शास्त्रीय नृत्य र गायनका प्रतिस्पर्धाहरू हुनेछन्। १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूका लागि गायन प्रतिस्पर्धा, १२ वर्ष माथिका विद्यार्थीहरूको गायन, र ११/१२ कक्षाका विद्यार्थीहरूको गायन प्रतिस्पर्धा तय गरिएको उहाँले बताउनु भयो ।

सम्मान र पुरस्कार वितरण कार्यक्रममा प्याब्सन झापाले संस्थापक र वरिष्ठ शिक्षिकालाई सम्मान गर्ने पनि घोषणा गरेको छ। गणेशप्रसाद ओली, धरणिरस मैनाली र प्रभुकुमार श्रेष्ठलाई सम्मानित गरिनेछ। साथै, स्वर्गीय नरेशमान धिमाललाई मरणेपरान्त र शिक्षक मुक्ति दाहाललाई पनि सम्मान गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यस वर्ष अर्जुनधारालाई उत्कृष्ट पालिका पुरस्कार र एक जना पत्रकारलाई पनि सम्मान गरिनेछ। १५ जना ४ जीपीए प्राप्त विद्यार्थीलाई पनि सम्मानित गरिनेछ।

प्रतियोगितामा हजारौं विद्यार्थीको सहभागिता कार्यक्रममा झापाका ४ हजार २२७ विद्यार्थी हरूको पालिकास्तरबाट प्रतिस्पर्धा हुँदै गायन प्रतिस्पर्धामा ४२ जना, शास्त्रीय नृत्यमा १४ जना, र सांस्कृतिक नृत्यमा २१० जना विद्यार्थी सहभागी हुनेछन्।

करिब ७ लाख ५० हजार रुपैयाँ खर्चको अनुमान गरिएको छ। झापामा कुल ३१९ विद्यालय प्याब्सनसँग आबद्ध छन् र यस कार्यक्रमले सम्पूर्ण प्याब्सन विद्यालयहरूलाई एकजुट गर्ने उद्देश्य राखेको छ।

कार्यक्रमको आयोजनाले झापा जिल्लाका विद्यार्थीहरूको सांस्कृतिक र शैक्षिक विकासमा ठूलो योगदान पुर्याउने आयोजकको विश्वास छ।

सचिव लक्ष्मीप्रसाद सिटौलाले सहजीकरण गर्नुभएको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले सांस्कृतिक कार्यक्रमको तयारी बारे तथा बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेलले मूल आयोजनाको तयारी बारे जानकारी दिनुभएको थियो ।

सम्बन्धित खबर