
काठमाडौं । नेपालमै पहिलो पटक पशुपालक किसानबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ शुरू हुने भएको छ ।
चितवनको भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गरी कार्यक्रम निर्माण गरिएको हो । का
र्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धतालगायतका पक्षहरूको मूल्याङ्कन गरिने निर्माता रविन सुवेदीले जानकारी दिनुभयो ।
दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भिर्त्याउने जिल्लाका रूपमा चिनिन्छ । मेहनती किसानको सम्मानका लागि कार्यक्रम निर्माण गरिएको सुवेदीले बताउनुभयो । कार्यक्रमका संयोजक गोविन्द न्यौपानेले किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले ‘शो’ निर्माण गरिएको बताउनुभयो ।
कार्यक्रमको निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा। शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा। यज्ञराज पाण्डे रहनुभएको छ ।


