
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गर्नु भएको छ। सप्तरी निवासी यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गर्नुभयो ।
तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका यादव पूर्वलडाकु हुन् ।
उहाँ २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएको थियो । त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा उहाँ सिंचाइ मन्त्री समेत बन्नु भएको थियो ।
०७४ को निर्वाचनमा भने उहाँ सप्तरी ३ बाट उपेन्द्र यादवसँग पराजित हुनुभएको थियो ।


