२०८२ पौष २३ बुधवार , १०:००:३० बजे

Sajhamanch
'

झापामा जंगली हात्ती मृत फेला

मङ्गलवार, पौष २२, २०८२

झापा । झापामा आज बिहान जंगली हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–३ डाँडा गाउँस्थित स्थानीय लालबहादुर रसाइलीको खेतमा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ।

हात्ती मृत फेला परेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे, झापाबाट प्रहरी सहायक निरीक्षक गेहतनाथ तिम्सिनाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी थप प्रक्रिया अघि बढाएको छ।

घटनाबारे डिभिजन वन कार्यालय भद्रपुर, झापालाई जानकारी गराइएपछि वन कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी तथा अनुसन्धान कार्य गरिरहेको जनाइएको छ।

हात्तीको मृत्युको कारण हालसम्म खुल्न नसकेको र अनुसन्धान तथा पोस्टमार्टमपछि मात्रै यकिन हुने बताइएको छ।

सम्बन्धित खबर