२०८२ पौष २३ बुधवार , ०९:४५:०५ बजे

Sajhamanch
'

कुहिरो र हुस्सुले ढाकिएको दमक, जनजीवन कष्टकर

मङ्गलवार, पौष २२, २०८२

झापा । तराई-मधेशका प्रायस् सबै ठाउँमा कुहिरो र हुस्सु लागेको छ । देशभर तापक्रम घटिरहेकोले जाडो पनि बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

पूर्वी नेपालको झापाको दमकमा पनि उस्तै बाक्लो हुस्सु र कुहिरो लागेको छ । जसले गर्दा बिहानको समयमा दमकको जनजीवन कष्टकर बनेको छ ।

कुहिरोका कारण घाम झुल्किन पाएको छैन । यसले गर्दा जाडो झन बढेको छ । सडकमा भिजिबिलिटी निकै कम छ । सवारी साधनहरू सडकमा बत्ती बालेर कुदिरहेका छन् ।

अत्यावश्यकबाहेक सडकमा नागरिकको चहलपहल कम देखिएको छ ।

सम्बन्धित खबर