२०८२ पौष २२ मङ्गलवार , १०:२५:०७ बजे

Sajhamanch
'

प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त

सोमवार, पौष २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । यसैगरी, न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।

आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गते आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछन् । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली आयोगले वेबसाइटमा प्रकाशन गरेको छ ।

सम्बन्धित खबर