२०८२ पौष २१ सोमवार , ०४:१७:४० बजे

Sajhamanch
'

चीनमा भएको तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित २६ पदक जिते

आइतवार, पौष २०, २०८२

काठमाडौं । चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरि २६ वटा पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड किकमा नेपाली खेलाडीले पदक जितेका हुन् ।

जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गीता विष्टले स्वर्ण पदक जिते । आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत पदक जिते ।

यस्तै एभिनजङ्ग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कांस्य पदक जिते ।

प्रतियोगतामा लिटिल बड स्कूल, गोङ्गबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कूलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सरोज तामाङ र विकेश बिडारी टोली प्रशिक्षकको जिम्मेवारीमा थिए ।