२०८२ पौष १७ बिहिवार , ०६:२१:३२ बजे

Sajhamanch
'

सेयर बजार १२.८३ अंक घट्यो, कारोबार रकम समेत खुम्चियो

बिहिवार, पौष १७, २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार १२.८३ अंक घटेको छ । बिहीबार नेप्से २६२०.९२ बिन्दुमा झरेर रोकिएको छ । यो ०.४८ प्रतिशतको गिरावट हो ।

‘अन्य’ उपसूचक बाहेक बिहीबार सबै उपसूचक ओरालो लागे । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाए ।

बिहीबार कुल ३३६ धितोपत्रको ६४ हजार ४ सय ७  कारोबारबाट १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भयो । कारोबार रकम ४ अर्ब ७१ करोड ३९ लाखमा खुम्चियो । जुन अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम हो । बुधबार दोहोरो अंकले बढेको बजार आज घटेको हो ।

बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर १४८१.१० रुपैयाँ प्रतिकित्ता पुग्यो । यसबाहेक एसवाई प्यानल नेपाल लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी, बुङ्गल हाइड्रो लिमिटेड, कालिका पावर कम्पनी सहितका धितोपत्रको मूल्य धेरैले बढ्यो ।

बिहीबार ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाए । यसबाहेक बोटलर्स नेपाल, सयपत्री हाइड्रो, लक्ष्मी लघुवित्त वित्तीय संस्था सहितका धितोपत्रको मूल्य समेत धेरैले घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेड आज सर्वाधिक कारोबार हुने धितोपत्रका रूपमा रहेको छ ।

सम्बन्धित खबर