
जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ ।
गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।
आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने मुख्यमन्त्री कार्यालयको तयारी छ ।


