
काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा आज पनि चार वटा खेल हुँदैछन् ।
काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बिहान १० बजे पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्बल तथा दिउँसो १२ बजे डोरपाटन स्पोर्टस क्लब र खिल्जी युवा क्लब खेल्दैछन् ।
यस्तै महिलातर्फ दिउँसो २ बजे नेपाल पुलिस क्लब र एपीएफ क्बल तथा दिउँसो ४ बजे एभेरेष्ट भलिबल क्लब र न्यू डायमन्ड युथ स्पोर्टस क्बल खेल्दैछन् ।
यही पुस १९ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।


