२०८२ पौष १४ सोमवार , ०५:१३:५९ बजे

Sajhamanch
'

एनभीए भलिबल : पुरुषतर्फ रुकुम पश्चिम र आर्मी क्वाटरफाइनलमा

सोमवार, पौष १४, २०८२

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ लगातार दोस्रो जीतसहित रुकुम पश्चिम भलिबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा पुगेका छन् ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हरायो । रुकुम पश्चिमले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र चौथो सेट २५–१८ ले जित्यो । जावलाखेलले तेस्रो सेट २५–२३ ले जित्यो ।

यस्तै आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१९ तथा दोस्रो र तेस्रो सेट समान २५–२१ ले जित्यो ।

यसअघि पुरुषतर्फ साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगिसकेका छन् ।

प्रतियोगितामा आजै महिलातर्फको खेलमा आर्मी र हेल्प नेपाल तथा सुदूरपश्चिम प्रदेश स्पोर्ट्स काउन्सिल र मधेश प्रदेश स्पोर्ट्स काउन्सिल खेल्दैछन् ।

यही पुस १९ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।

सम्बन्धित खबर