
झापा । बिर्तामोडमा दिउँसै लाखौँको धनमाल चोरी भएको छ । हिजो बिर्तामोड नगरपालिका-३ कञ्चनजङ्घा टोल बस्ने सृजना सिवाकोटीको घरमा कोही नभएको मौका पारी घरको छतको ढोकाबाट पसी कोठाभित्र काठको दराजमा राखेको सुनको गरगहना ८ तोला र सामसुम मोबाइल एक थान गरी २२ लाख बराबरको धनमाल चोरी गरेको हो । चोरी गर्ने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो बिहान ७ः२० बजे दमकमा मोबाइल चोरी गरी भाग्दै गर्दा एक जना युवक पक्राउ परेका छन् । दमक-८ बालुवाटारस्थित शिवनारायण साहको तरुल खेतीमा काम गर्ने मोरङ सुन्दरहरैँचा ११ बस्ने वर्ष ४६ का सञ्जु चौधरीको भिभो कम्पनीको मोबाइल र सोही ठाउँ बस्ने वर्ष ५० का दशरथ चौधरीको सामसुङ कम्पनीको मोबाइल चोरी गरी भाग्दै गर्दा सप्तरी राजविराज ९ बस्ने वर्ष १८ का खुवेत खान पक्राउ परेका हुन् । चोरी गरी भाग्ने क्रममा सोही स्थानमा काम गर्ने कामदारहरूले उनलाई मोबाइलसहित फेला पारी प्रहरीलाई बुझाएका थिए ।


