
झापा । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु. पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।
कार्यालयका अनुसार उक्त अवधिमा रु. एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र रु. ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै रु. ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, रु. ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, रु. ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र रु. ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।
साथै नौ करोड १२ लाख ८७ हजारको मुसुरो र रु. तीन करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ ।


