
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो ।
११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । केही तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको एक पदाधिकारीले जानकारी दिनुभयो ।
२१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको नाम रहने बन्दसूची निर्वाचन आयोगमा बुझाउनु पर्ने भएकाले यही विषयमा बैठक केन्द्रित रहने ती नेताको भनाइ छ ।
एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।


