
काठमाडौं । सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ ।
सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार पनि सुनको भाउले कीर्तिमान बनाउँदै तोलाको २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २७० रुपैयाँले बढेर तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार पनि चाँदीको भाउले कीर्तिमान बनाउँदै तोलाको ४ हजार ५६५ रुपैयाँ कायम थियो ।


