२०८२ पौष १३ आइतवार , १२:५१:५३ बजे

Sajhamanch
'

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न मधेश सरकारको निर्देशन

आइतवार, पौष १३, २०८२

काठमाडौं । मधेश प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै पालिकालाई आफ्ना स्थायी कर्मचारीसम्बन्धी अभिलेख अद्यावधिक गर्न समयसीमा तोकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिवस्तरको निर्णयका आधारमा पालिकाहरुलाई पद र सिटरोल दर्ता तथा कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गरी आवश्यक कागजातसहित प्रदेश किताबखानामा बुझाउन निर्देशन दिएको हो ।

कार्यालयका उपसचिव रोहितकुमार कोइरालाले अहिलेसम्म प्रदेशअन्तर्गतका पालिकामा कार्यरत स्थायी कर्मचारीको भौतिक अभिलेख प्रदेश किताबखानामा प्राप्त नभएकाले अभिलेख व्यवस्थापनमा कठिनाइ भइरहेकाले यस्तो निर्देशन दिइएको बताउनुभयो ।

सम्बन्धित खबर