२०८२ पौष १३ आइतवार , १२:५४:४३ बजे

Sajhamanch
'

उखु किसानलाई धपेडी

आइतवार, पौष १३, २०८२

महोत्तरी । उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा उखु काटेर चिनी उद्योगमा पुर्‍याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो ।

भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो हप्ताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताउनुभयो ।

यता एक पटक लगाइएको उखु खेतीबाट दुई वर्ष बाली लिइन्छ । पहिलो वर्षको बालीलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ । हाल खुट्टी उखु भएको जग्गामा तत्काल चैते (चैती) बाली लगाउनुपर्ने बाध्यता छ ।

जिल्लाको उत्तरी क्षेत्रको जग्गा चाँडै रुखो हुने हुँदा पुस महिनाभित्रै बाली लगाउन नपाए ६ महिना बाँझो पर्ने चिन्ताले किसान दिनरात नभनी उखु व्यवस्थापन लागेका उहाँले बताउनुभयो ।

जिल्लाको गौशाला–१ रामनगरमा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले गएको सोमवारदेखि उखु ‘क्रसिङ’ शुरु गरिसकेको छ । अहिले किसानले धमाधम उद्योगमा उखु पुर्‍याइरहेका छन् । कतिपयले घरआँगनमै उखु पेलेर सख्खर बनाउन थालेका छन् ।

सम्बन्धित खबर