२०८२ पौष १३ आइतवार , १२:३०:२२ बजे

Sajhamanch
'

यसपटकको चुनावमा ९ लाख १५ हजार ११९ नयाँ मतदाता थपिए

आइतवार, पौष १३, २०८२

काठमाडौं । अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । जसमा ५ लाख २२ हजार ५५२ पुरुष र ३ लाख ९२ हजार ५५२ महिला छन् ।

प्रतिनिधिसभा सदस्य चुनावमा जम्मा १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने जनाएको छ ।

मतदाताले नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ । आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदातास्थलमा २३ हजार ११२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो चुनावमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या ८८५ बढेको छ ।