२०८२ पौष १२ शनिवार , ०३:२१:४४ बजे

Sajhamanch
'

मदिरा उद्योगमा विस्फोट हुँदा रौतहटमा १ जनाको मृत्यु, ६ जना घाइते

शनिवार, पौष १२, २०८२

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

कटहरिया नगरपालिका ९ मा रहेको ज्योति डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन् ।

बिहान अचानक ठूलो आवाजसहित डिस्टीलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताए ।

विष्फोटबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए ।

सम्बन्धित खबर