२०८२ पौष ११ शुक्रवार , ०४:१२:३८ बजे

Sajhamanch
'

सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच भेट

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गर्नुभएको हो । भेटमा उहाँहरूबीच आउँदो चुनाव, चुनावका लागि बनिरहेको वातावरण तथा राजनीतिक सहमतिको विषयमा छलफल भएको छ । एमालेले चुनावका लागि सहभागी हुने वातावरण बनेको खण्डमा भाग लिने बताएको छ ।

सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरि चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाउने प्रयास गरेको छ ।

यसअघि आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहान भेटवार्ता गर्नुभएको थियो । मन्त्री खरेलले आजै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छलफल गर्ने तयारी छ ।

सम्बन्धित खबर