२०८२ पौष ११ शुक्रवार , ०२:०१:३६ बजे

Sajhamanch
'

तराईमा अझै तीन दिन हुस्सु र कुहिरोको प्रभाव कायमै रहने

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । देशभर चिसो क्रमिक रूपमा बढ्दै गएको छ । विशेषगरी तराईमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने गरेको छ । जसका कारण यातायात तथा हवाई उडानमा असर पुगेको छ ।

महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिनअनुसार तराई क्षेत्रमा अझै तीन दिन हुस्सु तथा कुहिरोको प्रभाव कायमै रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । राति तराईका अधिकांश ठाउँमा हुस्सु लाग्ने तथा पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ।

त्यस्तै, तराई भू–भागका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लाग्ने क्रम भोलि र पर्सि पनि कायमै रहनेछ । पहाडी तथा हिमाली क्षेत्रमा भने मौसम तुलनात्मक रूपमा सफा रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

पर्सि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । चिसो बढ्दै गएको र तराईमा हुस्सु तथा कुहिरो बाक्लो हुने सम्भावना रहेकाले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर