२०८२ पौष ११ शुक्रवार , ०१:१०:४८ बजे

Sajhamanch
'

मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

शुक्रवार, पौष ११, २०८२

चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतोको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका–९ टिकौली जङ्गल नजिक दुर्घटना भएको हो।

दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल र मोटरसाइकलमा सवार १९ वर्षीय अङ्कित महतो घाइते भएका थिए। घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अङ्कितको सोही अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित खबर