२०८२ पौष ११ शुक्रवार , १२:१६:४६ बजे

Sajhamanch
'

डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको छ।

उहाँलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गर्नुभयो ।

बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिनु भएको थियो ।

परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उहाँजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताउनु भयो ।

डा. परियारले पनि जनयुद्ध र त्यसपछि गणतन्त्र स्थापनामा प्रचण्डले गरेको योगदानबाट आफू प्रभावित भएको बताउनु भयो । उहाँले अब दलित मुक्ति आन्दोलनमा नयाँ उचाइमा पुर्‍याउन योगदान गर्ने बताउनु भयो ।

सम्बन्धित खबर