२०८२ पौष ११ शुक्रवार , १२:१८:५५ बजे

Sajhamanch
'

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

शुक्रवार, पौष ११, २०८२

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि जनस्वास्थ्यमा चुनौती थपिएको छ ।

धनगढीमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ वटा पशु रेबिजका कारण मरेका छन् । तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको उहाँले बताउनुभयो ।

यसै बीचमा कम्तीमा पनि पाँच जनाको रेबिज सङ्क्रमणकै कारण ज्यान गइसकेको छ । सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुरमा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित १७० नमूनामध्ये १३६ मा रेबिज पुष्टि भएको छ ।

असामान्य व्यवहार गर्ने, टोक्ने वा र्याल झार्ने पशु देखिएमा पालिका वा पशुपन्छी सेवा शाखामा तुरुन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जङ्गली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउने कार्य गर्नुपर्ने पशु डाक्टरहरुको सुझाव छ ।

सम्बन्धित खबर