२०८२ पौष ८ मङ्गलवार , ०४:१८:४७ बजे

Sajhamanch
'

कीर्तिपुर र मूलपानीमा हुने महिला टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक भएको छ ।

आउँदो जनवरी १८ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज खेलतालिका सार्वजनिक गरेको हो ।

१० वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुआ न्यु गिनी (पीएनजी), नामिबिया र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स रहेका छन् ।

प्रतियोगिताका खेलहरू कीर्तिपुरको त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन् । यसअघि जनवरी १४ र १६ मा अभ्यास खेलहरू हुनेछन् । नेपालले जनवरी १८ मा माथिल्लो मूलपानी मैदानमा थाइल्यान्डसँगै खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष ४ वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

सम्बन्धित खबर