२०८२ पौष ८ मङ्गलवार , १२:४६:०३ बजे

Sajhamanch
'

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । धनुषाको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा नवराज उपाध्याय, स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेश लाल श्रेष्ठ, योगेश राजवंशी र उपाध्यक्षमा मेनुका ओली, दिपेश बराईली, अमन महर्जन, खगेन्द्र भण्डारी, विदुर थापा, सुरेन्द्र श्रेष्ठ, एन्जिला खड्का, देबु बानियाँ, रुपकबहादुर विष्ट र सन्दिप भुषाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलले जानकारी दिनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसिजलाई अझ सशक्त, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने बताउनुभयो ।

सम्बन्धित खबर