२०८२ पौष ७ सोमवार , ०५:२५:२० बजे

Sajhamanch
'

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

सोमवार, पौष ७, २०८२

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुङ्गानासहितका युवाहरूले माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि हटाएको छ ।

‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर माइतीघरमा प्रदर्शन गरेका उनीहरूले स्थानीय प्रशासनबाट अनुमति नलिएको भन्दै प्रहरीले केहीलाई पक्राउ गर्दै त्यहाँबाट हटाएको हो । पक्राउ परेकाहरूलाई प्रहरीले छाडिसकेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मिराज ढुङ्गाना नेतृत्वको नवयुवा समूहलाई आन्दोलन गर्न अनुमति नदिएको बताएको छ ।

आजै बिहान १० बजेमात्र उनीहरू अनुमति माग्न आएकाले सुरक्षा संयन्त्रसँग छलफल गर्ने समय नपाएको हुँदा अनुमति नदिएको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो ।