२०८२ पौष ७ सोमवार , ०३:०२:३५ बजे

Sajhamanch
'

प्रतिकूल मौसमले तीन विमानस्थल बन्द

सोमवार, पौष ७, २०८२

काठमाडौं । प्रतिकूल मौसमका कारण तीन आन्तरिक विमानस्थल बन्द छन् । काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अहिले भैरहवा, जनकपुर र सिमराका विमानस्थल बन्द छन् । धनगढी विमानस्थल भर्खरै खुलेको छ ।

अन्य विमानस्थलहरूमा भने नियमित उडान भइरहेको उहाँले जानकारी दिनुभयो । बाक्लो हुस्सुका कारण बिहानको समयमा तराई भेगका अधिकांश विमानस्थल बन्द हुने गरेका छन् । दिउँसोपखबाट मात्रै क्रमशः विमानस्थलहरू खुल्ने गरेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं विमानस्थलमा भने नियमित उडान भइरहेको उनले बताए ।