
काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई ३४८ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनायो । पाकिस्तानका समीर मिन्हासले ११३ बलमा १७२ रन बनाए । यस्तै अहमद हुसेनले ५६ रन बनाए । भारतका दीपेश देवेन्द्रनले ३ विकेट लिए ।
सेमिफाइनलमा भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेका हुन् । भारत र पाकिस्तान एउटै समूहमा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ९० रनले हराएको थियो ।
एसीसी १९ वर्षमुनिको एशिया कपमा नेपालले पनि सहभागिता जनाएको थियो । एउटा पनि खेल नजितेको नेपाल समूह चरणबाटै बाहिरियो । प्रतियोगितामा आठ वटा टोली सहभागी थिए ।


