२०८२ पौष ६ आइतवार , ०९:५१:३८ बजे

Sajhamanch
'

सहारा नेपाल साकोसको उपएकाइगत भेलाहरु धमाधम

शनिवार, पौष ५, २०८२

झापा । नेपालकै अग्रणी सहकारी संस्था झापाको बिर्तामोडमा रहेको सहारा नेपाल साकोस लि.ले आफ्नो २९औं वार्षिक साधारणसभा अन्तरगत ७ वटा एकाईका ८६ स्थानमा उपएकाइगत भेलाहरु पौष १ गतेदेखि निरन्तर सञ्चालन गरिरहेको छ ।

पौष २१ गते सोमबार अन्तिम माइन्युट प्रमाणित सभा गर्नेगरी जारी उपएकाइगत भेला शनिबार ११ स्थानमा सञ्चालन गरिएको थियो । राजगढ, बिर्तामोड, बिर्ताबजार, चन्द्रगढी, चारपाने, ज्ञानेचोक, बनियानी, पथरिया, ढडुवा, गोलधाप र कुमरखोदमा शनिबार उपएकाइगत भेला सम्पन्न भएको हो ।

उपएकाइगत भेला अन्तरगत बिर्ताबजारमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीले अध्यक्षको प्रतिवेदन, उपाध्यक्ष ज्ञानुनाथ मैनालीले नीति तथा कार्यक्रम र उपनिर्देशक ईश्वर भट्टराईले वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।

जसअनुसार संस्थामा २०८२ आषाढ मसान्तसम्ममा १ लाख ९२ हजार २४० शेयर सदस्यहरु रहेका तथा संस्थाले ८० वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको वित्तीय अवस्था अत्यन्त मजवुद रहेको दावी गर्दै शेयर पुँजी १ अर्ब ६९ करोड ७५ लाख, जगेडा कोष १ अर्ब ३२ कडोर ६८ लाख, निक्षेप बचत १४ अर्ब १५ करोड ७६ लाख, सदस्यहरुमाझ लगानीमा रहिरहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख रहेको उल्लेख छ ।

गत आषाढ मसान्तसम्मको संस्थाको वासलात १८ अर्ब ५६ करोड ५८ लाख पुगेको र देशभरका ३० हजार हाराहारी सहकारी संस्थामध्ये सबैभन्दा ठूलो वासलात अंक भएको संस्था सहारा नेपाल रहेको जनाइएको छ ।
ड्ड
वर्तमान राजनीतिक अस्थिरता, सामाजिक मनोबलमा गिरावट एवम् सहकारीप्रतिको जनधारणा नकरात्मक भइरहेको अवस्थामा पनि समीक्षा वर्षमा सहारा नेपालले ३२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

चालू आर्थिक वर्ष २०८२/०८३ को आषाढ मसान्तमा २ लाख २५ हजार सेयर सदस्य र २० अर्बको वासलात बनाउँदै ४२ करोड खुद नाफा गर्ने संस्थाले प्रक्षेपण गरेको उपाध्यक्ष मैनालीको भनाई छ ।

यस्तै संस्थाले आफनो वित्तीय अवस्थालाई अझ मझबुत बनाउने सोच अनुरुप २०८२-२०८५ सम्म २५ अर्बको वासलात बनाउने लक्ष्य तय गरेको उहाँले बताउनु भयो । संस्थाले चालू आव २०८२/०८३ को लागि ३१ वटा महत्वपूर्ण कार्यक्रमहरु प्रस्तावित गरेको उपाध्यक्ष मैनालीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो वर्ष भौतिक पूर्वाधार अन्तरगत बिर्तामोड २ चारपानेमा रहेको जग्गाामा शैक्षिक तालिम केन्द्र र शिवसताक्षीको दोमुखामा रहेको जग्गामा कृषि स्रोतकेन्द्र निर्माण थालनी गरिनेछ उहाँको भनाई छ ।

बिर्ताबजार सेवा केन्द्र सहयोग उपसमितिका संयोजक यादवकुमार ओलीको अध्यक्षतामा आयोजित सो उपएकाइगत भेलाको प्रमुख आतिथ्य बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले गर्नुभएको थियो ।

आफ्नो मन्तब्यमा वडाध्यक्ष बुढाथोकीले सहारा नेपालले सदस्यहरुको माझमा बचत तथा ऋणको कारोबार गरेता पनि समुदायका लागि उल्लेखनीय योगदान गरेको बताउनु भयो । ‘सरकारले गर्न नसकेका कतिपय कामहरु मनकारी दाताहरुको साथ लिएर सहारा नेपालले गरिरहेको पाउँदा झापाबासी पनि गौरवान्वित भएका छौं’ वडाध्यक्ष बुढाथोकीको भनाई थियो ।

सेवा केन्द्र सहयोग उपसमितिका सदस्य कुमार बुढाथोकीले सञ्चालन गर्नुभएको सो भेलामा आमन्त्रित अतिथि एवम् सहभागी सेयर सदस्यहरुलाई उपसमितिका सदस्य गीता घिमिरेले शाब्दिक स्वागत गर्नुभएको थियो ।

यसैबीच संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको कार्यकाल यही असारमा सकिन लागेकाले आगामी ४ वर्षे कार्यकालको लागि जारी साधारण सभाबाट २०८३ जेठ १४ गतेदेखि निर्वाचन प्रकृया शुरुवात गर्ने संस्थाको प्रस्तावलाई अनुमोदन गरेको छ ।

सम्बन्धित खबर